May 2011 Update/ne

From Strategic Planning

 
नमस्कार,

म टिंग चेन, विकिमीडिया संस्थापनको न्यासी मण्डलको निर्देशक।

दुइ महिना पहिला, विकिमीडिया संस्थापनले हाम्रो नयाँ सम्पादक प्रचलन शोधको परिणाम प्रकाशित गरेको थियो (तपाईं परिणामहरुलाई यहाँ पढ़न सक्नुहुन्छ), जसले यो देखाएको छ कि बितेका वर्षहरुमा मानिसहरुलाई विकिमीडिया परियोजनाहरुमा सम्पादन गर्न धेरै दुःख भइरहेछ। बितेको महिना यसमाथि एउटा विचार-विमर्श भएको थियो, र त्यस पछि हामी सबै तपाईंलाई हामीसित जोड़ने विषयमा एकमत भयौं ताकि विकिमीडिया परियोजनाहरुलाई अझ बढी मुक्त र सहयोगपूर्ण बनाउन सकियोस्।

कृपया हाम्रो संकल्प पढ्नुहोस्, र म यसमा तपाईंको टिप्पणी चाहन्छु अनि तपाईं आफ्ना विचारहरुलाई साझा गर्नुहोस्।

शुभकामना, र विकिमीडिया परियोजनाहरुमा लिप्त भएकोमा धन्यवाद।

टिंग चेन
विकिमीडिया संस्थापनको न्यासी मण्डलको निर्देशक

संकल्प: खुल्लापन

विकिमीडिया संस्थापन बोर्डका हामी, यो विश्वास राख्दछौं कि हाम्रो मिशनलाई पूरा गर्ने दिशामा हाम्रो परियोजना समुदायहरुलाईं राम्रो प्रकारले निरन्तर अघि बढाउँदै लानु पर्छ। विकिमीडिया परियोजनाहरु खुल्लापनको संस्कृति, भागीदारी, र गुणवत्तामा स्थापित गरिनुपर्छ जस्ले मानव ज्ञानको विश्वको सबैभन्दा श्रेष्ठ भण्डारको निर्माण गरेकोछ। तर एकातिर जहाँ विश्वभरमा विकिमीडियाका पाठक र समर्थकको संख्यामा वृद्धि भइरहेछ भनें अर्को तर्फ सम्पादक प्रचलनको वर्तमान शोधहरुबाट थाह लागेको छ कि नयाँ सम्पादकहरुको भागीदारी र अवधारणामा बिस्तारै कमी आई रहेकोछ।

जस्तो कि पञ्च-वर्षीय सामरिक योजनामा तय गरिएको थियो, र यी जाँच-परिणामहरुबाट स्पष्ट भएकोछ, विकिमीडियालाई नयाँ र विभिन्न प्रकारका सम्पादकहरुलाई आकर्षित र अवधारित गर्ने आवश्यकता छ। हाम्रो वर्तमान परियोजनाहरु र हाम्रो आन्दोलनको दीर्घकालिक स्थिरता र गुणवताको लागि एक स्थिर समुदाय अति-महत्वपूर्ण छ।

यस चुनौतीलाई पूरा गर्ने सर्वोच्च प्राथमिकता छ। हामी सबै योगदानकर्ताहरुलाई यी परियोजनाहरुमाथि दैनिक काममा यी मुद्दाहरुको बारेमा सोच्नको लागि आह्वान गर्दछौ। हामी यसलाई कर्मचारी शीर्ष प्राथमिकता बनाउनको लागि कार्यकारी निदेशकको समर्थन गर्दछौ, अनि यस कुराको सिफारिश गर्दछौं कि यस कष्टको निदानको लागि, समुदायिक पहुँच, समुदायका प्रयासहरुको प्रवर्धन, र तकनीकी सुधारहरुद्वारा संस्थापनका संसाधनहरुको आवण्टन बढ़ाउन सकौं।

हामी विकासकर्ताहरु, सम्पादकहरु, विकिपरियोजनाहरु र अध्यायहरुको समर्थन गर्दछौं जुन परियोजनाहरुलाई अझ अधिक सुगम, स्वागतशील, र सहयोगात्मक बनाउनमा जुटेकाछन्।

बोर्ड यी प्रयासहरुको समाधानलाइ अघि बढ़ाउन सहायक छ, र संस्थापनाको सहायताको लागि विशिष्ट अनुरोधहरुलाई आमन्त्रित गर्दछ। हामी आफ्नो खुल्लापन र व्यापक भागीदारीको लक्ष्यको लागि नयाँ विचाहरुलाई स्वागत गर्दछौं र बढ़ावा दिन्छौं।

हामी विकिमीडिया समुदायसित यो आग्रह गर्दछौं कि उनीहरुले निम्नलिखितको माध्यमले खुल्लापन र सहयोगलाई बाढावा दिऊन्:

  • यस कुरामा जागरुक रहनु्पर्दछ कि नयाँ सम्पादकहरुलाई के के कष्टहरु हुन सक्छन् र यसको लागि नयाँ सम्पादकहरुप्रति संयम, दयाभाव, र आदर देखाइयोस् र अरुलाई यसै गर्न प्रेरित गरियोस्;
  • परियोजनाहरुमाथिको संवादलाई सुधार्नु; नीतिहरु र अनुदेशहरुको सरलीकरण; र सहकर्मीहरुसित मिलेर ढाँचाहरु, चेतावनीहरु, र विलोपन सम्बन्धी नीतिहरु अनि प्रथाहरुलाई सुधार्नु र तिनलाई अझ अधिक अनुकूल बनाउनु;
  • ती फ़ीचर्स र औजारहरुको विकासको समर्थन र रोलआउट गर्नु जसबाट उपियोगिता र सुगमतामा सुधार होस्;
  • ती मुद्द्दहरुमाथि समुदायको जागरुकता बढ़ाउनु र व्यक्तिहरु, समूहहरु र अध्यायहरुको प्रयासको समर्थन गर्नु;
  • सहकर्मीहरुसित मिलेर विवादहरुलाई कम गर्नु र एक मित्रवत, सहयोगात्मक व्यवहारलाई बढ़ावा दिनु जसमा आभारी र अभिपुष्टि व्यवहार पनि सम्मिलित छ, र राम्रा प्रथाहरु र समुदाय नेताहरुलाई बढ़ावा दिनु; अनि
  • सहकर्मीहरुसित मिलेर विघटनकारी र शत्रुतापूर्ण व्यवहारलाई हतोत्साहित र ट्रॉलस र स्टॉकर्सलाई दूर गर्ने प्रथा विकसित गर्नु।

सन्दर्भ